प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०६-१८

  • A
  • A-
  • A+
Share

झापा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-७ तुम्देन चोक बस्ने ३५ वर्षीय राकेश भन्ने युक्फोदेन शेर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उदयपुर, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-६ सोमबारे बस्ने २६ वर्षीय न्युजन राई र २२ वर्षीय भोज कुमार पाण्डेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-११-२८

कञ्चनपुर, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपलिका-१० बस्ने ४७ वर्षीय नरेश गिरी र सोही नगरपालिका-९ बस्ने ४० वर्षीय हिरा नाथलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नरेश र हिराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । म्याग्दी, ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धवलागिरी गाउँपालिका-७ धारापानी बस्ने ४२ वर्षीय प्रेम बहादुर दमाईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।