जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-२५
- A
- A-
- A+
झापा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१३ इलाम रोड बस्ने ४७ वर्षीय दिलिप कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
दिलिपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।