प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

२०८२-०६-२५

  • A
  • A-
  • A+
Share

भक्तपुर, भक्तपुर नगरपालिका-२ दुधपाटीस्थित ४२ वर्षीय अनिल कोजुले संचालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा अनिल समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  

ललितपुर, गोदावरी नगरपालिका-२ पात्लेछाप बस्ने ३६ वर्षीय रोशन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ९ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने ५५ वर्षीय सशिधर जैसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सशिधर समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ६० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । 

बाँके, खजुरा गाउँपालिका-४ डि गाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-५ बस्ने ४० वर्षीय कृष्ण चौधरी समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
२०८२-०८-१४

काठमाडौं, ललितपुर, गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नेपालटार बस्ने नुवाकोट घर भएकी ४७ वर्षीया शारदा बस्नेत समेत १४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४ हजार ७ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको   हो । चितवन, कालिका नगरपालिका-६ बस्ने ६० वर्षीय ठाकुर प्रसाद भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जिरौनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय १० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८२-०८-१३

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी  ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमाया समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने गणेश शेरचनले संचालन गरेको जोमसोम इन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।