हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०६-२५
- A
- A-
- A+
कैलाली, घोडाघोडी नगरपालिका-८ जडै बस्ने सुर्खेत चौकुने गाउँपालिका-३ मौरीबन घर भएका २८ वर्षीय केशर सिं बुढाको हत्या गरेको अभियोगमा सोही नगरपालिका-८ जडै बस्ने १९ वर्षीय गगन भन्ने गंगा बुढाक्षेत्री समेत २ जना गए राति पक्राउ परेका छन् ।
उनीहरूले वादविवादको क्रममा हँसिया प्रहार गरी केशरको हत्या गरेको भन्ने खबर अस्थायी प्रहरी चौकी प्रतिखेतमा गई जानकारी गराए पश्चात उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।