अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-२५
- A
- A-
- A+
सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९७ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण कुमार मेहतालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जैसपुर बस्ने २० वर्षीय रियासद अन्सारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धादिङ, धुनिवेशी नगरपालिका-६ धार्केबाट अवैध लागूऔषध पोल्याण्ड करिब २ किलोग्राम र नगद ४० हजार ४ सय ६५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बाघबैले बस्ने २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राज कुमार लोप्चन रहेका छन् । इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा.प्र.०२.०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।