अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८२-०६-२६
- A
- A-
- A+
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवा मगर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवा बस्ने २० वर्षीय लक्ष्मण कोहार र २० वर्षीय प्रितम राजभर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।