स्रोत नखुलेको रकम सहित पक्राउ
२०८२-०६-२७
- A
- A-
- A+
सिराहा, सिरहा नगरपालिका-२० लकडिगदियानीबाट स्रोत नखुलेको नगद ८ लाख २५ हजार रूपैयाँ सहित कल्याणपुर नगरपालिका-१ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी लकडिगदियानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०२-०१-००३ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक राशिन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।