अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०६-२७
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ११ किलो २ सय ७५ ग्राम सहित ३ जना भारतीय नागरिहरू आइतबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५० वर्षीय SALEEM IBRAHIM ANSARI, २४ वर्षीय REHAN MOHD AJAZ SHAIKH र ३२ वर्षीया ZAINAB BASHEER रहेका छन् । एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ शान्तिचोक बस्ने २२ वर्षीय दशरथ राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४१ ट्याब्लेट र डाईजेपाम ४९ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१० धुलाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र नगद १७ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-१५ बस्ने ३६ वर्षीय कुमोलाल राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने ३१ वर्षीय दिल प्रसाद थारू र बर्दिया बाँसगढी नगरपालिका-१ बबई बस्ने २१ वर्षीय सुशील विक रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मृगु, छायाँनाथ रारा नगरपालिका-१ स्थित खुद्रा पसल संचालन गरी बस्ने सोही नगरपालिका-११ घर भएका २९ वर्षीय मन बहादुर ऐडीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६६ ग्राम २ सय ७० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको उनको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
धनुषा, बिदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय ९० मिलिग्राम सहित सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर बस्ने २९ वर्षीय नन्दु सहनीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, गढी गाउँपालिका-४ छिटाहा नहरस्थित सडकबाट अवैध लागूऔषध गाँजा २६ किलोग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय विशाल राई समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुबहीबाट खटिएको प्रहरीले स.२ प ७१४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।