अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८२-०६-२९
- A
- A-
- A+
सुनसरी, ईनरुवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ७ सय मिलिग्राम सहित धरान उपमहानगरपालिका-१७ पटनाली टोल बस्ने ३८ वर्षीय सन्तोष बस्नेतलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले लौकहीबाट ईनरुवातर्फ आउँदै गरेको को.३२ प ५३६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।