अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०७-०२
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ट्याब्लेट र डिकोलिक ५ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय बिकाश परियार, २२ वर्षीय बिजय परियार र सोही उपमहानगरपालिका-१७ बस्ने ३६ वर्षीय ईन्द्र राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।