करिब १ सय २८ किलो गाँजा सहित तीन जना पक्राउ
२०८२-०७-०५
- A
- A-
- A+
सुनसरी, कोशी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो १५ ग्राम सहित भारत सुपौल तिरगंज ग्राम बस्ने २० वर्षीय मोहमद ईम्तियाज मियालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरीले प्र.१-०२-००३ ह ८७०५ नम्बरको सिटि रिक्सालाई जाँच गर्ने क्रममा ४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी सिटिमा सवार मियालाई पक्राउ गरेको हो । हाल फरार सिटि चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाही, कौडेना गाउँपालिका-२ फूलपरासीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ३ सय ग्राम सहित सोही गाउँपालिका-१ सुन्दरपुर बस्ने ३० वर्षीय लोजा बैठा समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सुखचैनाबाट फूलपरासीतर्फ जाँदै गरेको बीआर ०७ एजी ८१०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।