प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

२०८२-०७-०७

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-१८ सराङकोट घर भई सोही महानगरपालिका-५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका-५ चिल्डेल पार्क नजिकै अनिल शनिबार बिहान अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले अनिललाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा किशोर तिमिल्सिना र अनिल बिच सामान्य बादबिबाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आए पश्चात तिमिल्सिनालाई घटनामा प्रयोग भएको १ थान चक्कु सहित प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।