अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०७-०८
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ७ किलो २ सय ९५ ग्राम सहित ३ जना भारतीय नागरिकहरू शुक्रबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २५ वर्षीय हरगोबिन्द सिह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका हरगोबिन्द र समिरलाई ३ किलो ६ सय ४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदलाई ३ किलो ६ सय ५५ ग्राम उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-६ बस्ने २१ वर्षीय अशोल राजवंशी र २२ वर्षीय रिचार्ड श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित डडेल्धुरा अमरगढी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रकाश साउँदलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित राजापुर नगरपालिका-१० कोठियाघाट बस्ने १९ वर्षीय कृष्ण विकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-४ खैरेनी बस्ने १९ वर्षीय प्रेम श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनि समेतबाट खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो ९७ ट्याब्लेट सहित सोही नगरपालिका-८ बिष्णुडोल बस्ने रामेछाप घर भएका १९ वर्षीय तेज रसाईलीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
गुल्मी, कालिगण्डकी गाउँपालिका-२ राक्सेबाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ एम्पुल, फेनारगन २० एम्पुल र बुप्रेनोर्फिन २५ एम्पुल सहित बाग्लुङ, बाग्लुङ नगरपालिका-२ रूद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पुर्तिघाट गुल्मीबाट खटिएको प्रहरीले ध.१ प ५५८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ७० मिलिग्राम सहित सबैला नगरपालिका-१३ कीर्तिपुर टोल बस्ने २० वर्षीय आकाश यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने २६ वर्षीया दिल कुमारी थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ तोपापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सर्वण रोका मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी दाङ, लमही नगरपालिका-४ लमही अस्पताल नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय २० मिलिग्राम र नगद १९ हजार २ सय रूपैयाँ सहित राजपुर गाउँपालिका-७ लैबरूवा बस्ने २९ वर्षीय मदन पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।