चितुवाको छाला सहित दुई जना पक्राउ
२०८२-०७-१४
- A
- A-
- A+
ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित आगमन थकाली चुलो एण्ड क्याफेबाट चितुवाको छाला जस्तो देखिने आखेटोपहार १ थान सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर चागुँनारायण नगरपालिका-५ बस्ने ४६ वर्षीया मथुरा विक र काठमाडौं शंखरापुर नगरपालिका-६ बस्ने ४० वर्षीया रामदेवी श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।