जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-१४
- A
- A-
- A+
तेह्रथुम, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-३ बस्ने ३१ वर्षीय प्रविन तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रविनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।