जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२-०७-१५
- A
- A-
- A+
कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित ग्रिन सिटि होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-७ बस्ने ६८ वर्षीय अम्मर बुढा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७७ हजार १ सय ४५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।