जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-१५
- A
- A-
- A+
बझाङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-५ थलरा गाउँ बस्ने १९ वर्षीय आनन्द धामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धामीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।