प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न व्यक्ति पक्राउ

२०८२-०७-१४

  • A
  • A-
  • A+
Share

मोरङ, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका जहदा गाउँपालिका-१ बस्ने ३० वर्षीय सुनिल सरवरीयालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जहदा गाउँपालिका-१ राजवंशी चोक बस्ने ३८ वर्षीय मुकेश कुमार साह र उनकै श्रीमतीलाई कात्तिक १० गते साँझ सुनिल समेतका व्यक्तिहरूले ज्यान मार्ने उद्योग गरेको घटनामा जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई फरार रहेका उनीहरू मध्ये सुनिललाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको   छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।