अवैध लागूऔषध सहित १३ जना पक्राउ
२०८२-०७-१६
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने ३४ वर्षीय सुशिल श्रेष्ठ र २७ वर्षीय अहिम ताम्राकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट इनरूवातर्फ आउँदै गरेको को.३ प ६६२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ घर भएका ३३ वर्षीय हिमाल मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ अमरावती बस्ने २२ वर्षीय टेक बहादुर साउँद र २५ वर्षीय रमेश टमाटा रहेका छन् । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले बा.७५ प८९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-२ रानीकुलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-२ सीतापुर बस्ने २१ वर्षीय राज विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-७ राम टोल बस्ने २२ वर्षीय सुमित कुमार गुप्तालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनार्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, सखुवा प्रसौनि गाउँपालिका-६ लखनपुर चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १० किलोग्राम सहित पटेर्वा सुगौली गाउँपालिका-४ निचुटा बस्ने ४५ वर्षीय अब्दुला अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरिया समेतबाट खटिएको प्रहरीले उनले बोकेको ग्याँस सिलिण्डरभित्र लुकाइछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-९ झिल्मिलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-१ चौमाला बस्ने ३६ वर्षीया लक्ष्मी देवी बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित भारत बिहार अररिया बस्ने ३६ वर्षीय मोहम्मद साहिदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० ट्याब्लेट र ट्रामाडोल ५ सय ५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय बिजय विक र २१ वर्षीय अर्जुन विक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।