प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०७-१५

  • A
  • A-
  • A+
Share

नवलपरासी पश्‍चिम, आफ्नै दाई ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१ पुनर्बास बस्ने ३४ वर्षीय चित्र बहादुर शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले कोदालोको बिड लगायतले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले चित्र बहादुरलाई पक्राउ गरेको हो । 

गुल्मी, आफ्नै बुबा ५० वर्षीय धन बहादुर विकको हत्या गरेको अभियोगमा मालिका गाउँपालिका-३ म्याल बस्ने २३ वर्षीय भोट बहादुर विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोट बहादुरले हँसिया र काठ ठोक्ने मुहुरोले प्रहार गर्दा धन बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट खटिएको प्रहरीले भोट बहादुरलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा गम्भीर घाइते भएकी भोट बहादुरकी आमा दिलमाया विकको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।