अवैध लागूऔषध सहित १२ जना पक्राउ
२०८२-०७-१७
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बसुन्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ३ ट्याब्लेट र नगद १५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ नागढुङगा बस्ने २८ वर्षीय निकेश कार्की र २४ वर्षीय सन्दिप भुजेल रहेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बा.८० प ८९१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, तार्केश्वर नगरपालिका-५ बोहोराटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्राम र नगद ४२ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने दाङ बबई गाउँपालिका-६ घर भएका ४५ वर्षीय केशव वली, दाङ तुलसीपुर उपमहानगरपालिका-२ घर भएका २२ वर्षीय निराजन चौधरी र काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने रोल्पा माडी गाउँपालिका-६ घर भएका २४ वर्षीय बसन्त पुन मगर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनीहरूको साथबाट डिजिटल तराजु १ थान, मोटरसाइकल १ थान र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ ।
नुवाकोट, बिदुर नगरपालिका-४ बट्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७७ ट्याब्लेट र स्पास्मो १ सय ३५ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-९ डिबजार घर भएका ३४ वर्षीय सन्तोष सार्की र उनकै भाइ ३२ वर्षीय बसन्त सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित लालझाँडी गाउँपालिका-६ चांददेउ बस्ने २१ वर्षीय पुर्ण बहादुर चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, कर्जन्हा नगरपालिका-४ भुलके चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १८ ट्याब्लेट सहित मकवानपुर मकवानपुरगढी नगरपालिका-४ बस्ने २७ वर्षीय रविन कुमार तिमल्सिनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले कर्जन्हाबाट बन्दिपुरतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।
यसैगरी सिराहा, लहान नगरपालिका-१ पडरिया टोल बस्ने २६ वर्षीय योगेश्वर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ घुरवा बस्ने २२ वर्षीय कलम जैशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिघेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट र स्पास्मो १५ ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय ईन्द्र बहादुर परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।