प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित ६ जना पक्राउ

२०८२-०७-२०

  • A
  • A-
  • A+
Share

उदयपुर, कटारी नगरपालिका-४ सुनकोशी पेट्रोल पम्प छेउबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ ट्याब्लेट, स्पास्पेन १ सय ६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३१ वर्षीय जित बहादुर थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ११ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१० बस्ने २२ वर्षीय रोहित कटुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ  पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८४ एम्पुल, फेनारगन ८५ एम्पुल र आइपिपिएल ८६ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २५ वर्षीय मिन प्रसाद गुरूङ र ३१ वर्षीय सागर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बर्दघाटबाट दुम्किबासतर्फ आउँदै गरेको ग.२० प ७६६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ३० वर्षीय असिम थापा र २७ वर्षीय सविन मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ७२६ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२५

कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१ त्रिबेणी चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २ किलो ५८ ग्राम सहित सोही ठाउँ बस्ने ६९ वर्षीय डम्बर बहादुर शाही समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले डम्बर बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ८० मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-११ बस्ने ३२ वर्षीय पासाङ छिरिङ काजीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३८ प ६९२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ झण्डिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने भारत उत्तर प्रदेश सिद्वार्थनगर बरहनी घर भएका २३ वर्षीय मोहसिन हाशमीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट भारत सिद्धार्थनगर वढनी बस्ने २३ वर्षीय दिपेन्द्र कश्यपलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित आइतबार दिउँसो पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२४

मोरङ, पथरी शनिश्चरे नगरपालिका-८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मान बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० ग्राम ३ सय २० मिलिग्राम र नगद ३५ हजार ८ सय ३५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त गेष्ट हाउसका संचालक घोराही उपमहानगरपालिका-१४ सरस्वती टोल बस्ने रोल्पा घर भएका ३१ वर्षीय हिरामणी घर्ती र दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २६ वर्षीय ईश्वर बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ राना टोल बस्ने २३ वर्षीय अमन राना समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले सु.प.प्र.१-०१३ प १८०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ बाणी बस्ने २५ वर्षीय कुबेर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो ६ सय ७० ग्राम सहित श्रीलंकन नागरिक २२ वर्षीय DILAN ANANDARAJAN लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर अरेबियाको उडानद्वारा काठमाडौंबाट शारजाहा दुबई प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   बर्दिया, बारबर्दिया नगरपालिका-३ पदनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-३ झुन्डिपुर बस्ने ३४ वर्षीय प्रदिप कुमार थारू र सोही नगरपालिका-४ बस्ने १९ वर्षीय निशान्त थारू रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय राम मिलन चौधरी, गेरूवा गाउँपालिका-६ बस्ने २३ वर्षीय असोक श्रेष्ठ र २९ वर्षीय समिर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-४ घ गाउँ कार्गिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण मिश्रा र २३ वर्षीय सिमान्त गैरे रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ५८९० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।