आधारभूत पशु स्वास्थ्य तालिम सुरू
२०८२-०७-२३
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नेपाल प्रहरी केनाईन कार्यालयमा आधारभूत पशु स्वास्थ्य तालिम (पहिलो समूह) सुरू भएको छ ।
सोही कार्यालयका प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
१८ दिन कार्यअवधिको उक्त तालिममा प्राविधिक प्रहरी वरिष्ठ हवल्दार ५ जना, प्राविधिक प्रहरी हवल्दार ३ जना र प्राविधिक प्रहरी जवान ७ जना गरी कूल १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।