अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०७-२५
- A
- A-
- A+
कञ्चनपुर, बेदकोट नगरपालिका-१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका-५ झिलामिला बस्ने २७ वर्षीय झलक बहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको ह ।
कपिलवस्तु, मायाँदेवी गाउँपालिका-४ चाकरचौडाबाट नियन्त्रित लागूऔषध स्पास्मो ५६ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका-६ कर्मा बस्ने २५ वर्षीय सुनिल बानिया र १९ वर्षीय धर्मेन्द्र सहानी रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडा कपिलवस्तुबाट खटिएको प्रहरीले चाकरचौडाबाट पकडीतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।