अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०७-२६
- A
- A-
- A+
कञ्चनपुर, भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय रबिद्र महरालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-३ सिसमडाँडी बस्ने २५ वर्षीय योगेश रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गडडाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ बस्ने २५ वर्षीय अमित रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, विदेह नगरपालिका-१ मैनाथपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोक बस्ने २० वर्षीय नविन कुमार साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका-६ नेमा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ३० वर्षीया विनिता लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ झारसाझिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय गिरिजा तामाङ र ३३ वर्षीय चन्द्र बहादुर दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय मधुमल्ला समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४५ वर्षीया दुर्गा देवी भण्डारीसंग खरिद गरेको भन्ने खुल्न आएपश्चात दुर्गाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १५ हजार रूपैयाँ समेत फेला पारी उनलाई पक्राउ गरेको छ ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-११ बस्ने ३१ वर्षीय प्रशान्त राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरोक हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१९ प्रगति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३८ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट र डिकोलिक ५२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय समिर विक र २५ वर्षीय अर्जुन विक रहेका छ्न् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-१ बस्ने २३ वर्षीय सिद्धार्थ राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०५३ प ९९८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-१ परमेश्वर टोल बस्ने ५८ वर्षीय खेमराज गौतमलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।