प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइन ठगीमा संलग्न तीन जना पक्राउ

२०८२-०७-२८

  • A
  • A-
  • A+
Share

पर्सा, अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा बिश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन् ।

  वीरगंज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी विभिन्न बैंकहरूको Money Mole Account खोलाई उक्त खाताहरूमा सामाजिक सञ्जाल मार्फत Fishing, OTP Fraud, Job Scam तथा Fake Online Business Scam र एआईबाट विभिन्न कम्पनीको आवश्यक पर्ने कागजातहरू बनाई सामानहरूको अडर बिल बनाएर ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले एटिएम कार्ड ४३ थान सहित पक्राउ गरेको हो । साथै उनीहरूले विभिन्न व्यक्तिहरूको बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोड भन्दा बढी अवैध कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।