अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०७-३०
- A
- A-
- A+
काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका-६ घर भएका ३९ वर्षीय रवि आनन्द देव, भारत साउथ महेश्वरी हरीपुर अरारी-१८ घर भएका २३ वर्षीय राजा कुमार, भारत स्वस्तिक नगर जोगबनी अरारी-७ घर भएका २१ वर्षीय देवेन्द्र कुमार साह र मोरङ पथरी शनिश्चरे नगरपालिका-८ घर भएका २९ वर्षीय पुष्प मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रविलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७२ ग्राम सहित काठमाडौं महानगरपालिका-१३ पनेरू गाउँबाट बुधबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका राजा कुमार र देवेन्द्र कुमारलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९२ ग्राम सहित चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गे अड्डाबाट पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बिआर ०७ बिई ९९७३ नम्बरको स्कार्पियो समेत प्रहरीले बरामद गरेको छ । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले पुष्पलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ९३ ग्राम सहित बिहीबार पक्राउ गरेको हो ।
सल्यान, शारदा नगरपालिका-१ भगवती खोला बस्ने २१ वर्षीय अर्जुन बुढाथोकीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, बर्दगोरिया गाउँपालिका-३ बुटकुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय लोकेन्द्र रावल र २७ वर्षीय दिपेन्द्र थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले भे.७ प ७११३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ देवीबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-७ अन्जलीमोड बस्ने ३७ वर्षीय तरूण राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।