अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०८-०३
- A
- A-
- A+
महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय मिलिग्राम सहित धनुषा नगराइन नगरपालिका-९ घोरघास बस्ने ३२ वर्षीय पंकज कुमार ठाकुरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश.०१-००६ ख ८७८२ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, फेटा गाउँपालिका-१ त्रिबेणीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ८ सय ७० मिलिग्राम सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ त्रिबेणी बस्ने ४२ वर्षीय कृष्ण महतो, ३२ वर्षीय लालु कुमार बैठा, ३६ वर्षीय लालु साह, बारा निजगढ नगरपालिका-८ निजगढ बस्ने ४० वर्षीय राज कुमार लामा र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय अविशेक श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरीले कृष्णको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
धादिङ, धुनिवेशी नगरपालिका-६ चालिसेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम १ सय सहित सोही नगरपालिका-८ कोईरालीटार बस्ने रामेछाप, रामेछाप नगरपालिका-७ रामपुर घर भएका ४५ वर्षीय मानदास तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनी बस्ने कोठा तलासी गर्दा थप अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम र गाँजा २ सय ८८ ग्राम ९ सय १० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।