अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-०४
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, प्रोमेथाजाईन-१६ एम्पुल र बुप्रेनोर्फिन १६ एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका-९ घर भएका ३२ वर्षीय विष्णु थापा मगर र काठमाडौं बौद्ध बस्ने उदयपुर घर भएका २६ वर्षीय योगेश राई रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, गेरूवा गाउँपालिका-५ झबही बस्ने २४ वर्षीय कमल शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।