अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०८-०५
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१५ डल्लुबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ १ किलो ७ सय ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३९ वर्षीय भिम बहादुर तामाङ र उनकै श्रीमती ३९ वर्षीया बुद्धिमाया तामाङ रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा नागार्जुन नगरपालिका-४ रामकोट डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४२ वर्षीया संगिता तामाङको कोठा तलासी गर्दा चरेश जस्तो देखिने पदार्थ ७ सय ६३ ग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, धनगढी उपमहानगपालिका-८ नालापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ भद्र टोल बस्ने ४५ वर्षीय सुरज चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ नुक्लिपुर बस्ने २६ वर्षीय दिपक बिष्ट र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय खगेन्द्र साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ फारलाईन बस्ने ३९ वर्षीय आईतमान थिङलाई अवैध लागूऔषध ब्राउनसुगर सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित भोजपुर षडान्नद नगरपालिका-११ भिर गाउँ बस्ने २८ वर्षीय धनिराज राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
झापा, मेचीनगर नगरपालिका-४ मिलन टुङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ४८ वर्षीय भक्त बहादुर कटुवाल र ४१ वर्षीय गणेश पुरी रहेका छन् । प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट पानीट्याङकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय मिलिग्राम सहित भक्तपुर दधिकोट बस्ने तेह्रथुम फेदाप गाउँपालिका-१ घर भएका ३१ वर्षीय मन बहादुर लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिवास नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित बारा निजगढ नगरपालिका-७ योजना टोल बस्ने २७ वर्षीय मुकेश दर्लामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।