अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०८-१०
- A
- A-
- A+
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४० ट्याब्लेट सहित लमजुङ मर्स्याङ्दी गाउँपालिका-८ बस्ने ३१ वर्षीय सन्तोष गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३.००१ ख १६८३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध चरेस २ सय ग्राम सहित धादिङ गजुरी गाउँपालिका-४ बस्ने १९ वर्षीय श्रीलाल तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १७७३ नम्बरको माईक्रो बसमा सवार उनलाई उक्त चरेस सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ जरूवाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने २० वर्षीय सागर स्याङतानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहितप पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-२१ पिपरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय महेश्वर सहनी र सोही नगरपालिका-१ बस्ने २२ वर्षीय भरत कुमार यादव रहेका छन् । प्रहरी चौकी लकडिगोठबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२३ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानरपालिका-१३ कृष्ण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७६ ग्राम ५ सय मिलिग्राम सहित जहदा गाउँपालिका-१ बस्ने १९ वर्षीय उपेन्द्र यादव समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका-२ स्थित २ नम्बर रोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १ ट्याब्लेट र एनारगन १ सय १ ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २४ वर्षीय डेबिट क्षेत्री र २६ वर्षीय जय किशन शाह रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र नगद ६ हजार ५५ रूपैयाँ सहित सोही महानगरपालिका-२ क्षेत्रपुर डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विदुर प्रसाद उप्रेतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.३१ प ४२८९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यसैगरी चितवन, कालिका नगरपालिका-६ गुरौ चौरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार १ सय २० ट्याब्लेट सहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय गोबिन्द घलेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.२-०३-००७ प ३८५ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
कैलाली, गौरीगंगा नगरपालिका-८ बडैपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय हरेन्द्र भाटलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने ३० वर्षीय रूमन चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।