अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०८-१०
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ३० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय कर्ण बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र कोशी प्रदेश प्रहरी गणबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, दुहवी नगरपालिका-१० जगुवा चोकस्थित मुस्कान होटल खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम २१ मिलिग्राम सहित भारत बिहार रतनपुरा बस्ने २६ वर्षीय सिन्टु कुमार पासवान समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।