अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०८-११
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ तरकारी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ९ सय ६० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-०० १ ह ०१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक सोनमलाई पक्राउ गरेको हो ।
स्याङ्जा, पुतलीबजार नगरपालिका-१ अभियान पथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र बुप्रेनोर्फिन ६ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय सन्देश विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो
सिराहा, नरहा गाउँपालिका-३ चौहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सर्लाही हरिवन नगरपालिका-१० बस्ने ३२ वर्षीय कृष्ण रिजाल समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।