प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२०८२-०८-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५६ हजार ६ सय रूपैयाँ सहित सिन्धुली मरिण गाउँपालिका-७ घर भएका २६ वर्षीय युवराज लाखेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ भसन्थलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-४ पासीकोट बस्ने मोरङ बेलबारी नगरपालिका-११ घर भएका २४ वर्षीय दिपेश घतानीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.प्र ०३-००१ प ०९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

मोरङ, रतुवामाई नगरपालिका-२ डोरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-१ बस्ने २३ वर्षीय दिपेश धिमाल र ३३ वर्षीय पूर्ण बहादुर जोगी रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ८००२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

रौतहट, चन्द्रपुर नगरपालिका-४ सुन्दरबस्ती टोल बस्ने ३३ वर्षीय सुमन तामाङ योन्जनलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ५० ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीय प्रशान्त ऐर र २० वर्षीय अरुण राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-४ बाघमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रशान्त चौधरी १९ वर्षीय बिश्राम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, झापा गाउँपालिका-४ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २५ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ बस्ने २६ वर्षीय निशान न्यौपाने समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-७ बत्तीस टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८७ ट्याब्लेट र स्पास्पेन ८८ ट्याब्लेट सहित सोही नगरपालिका-६ ठाकुरबारी बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका २७ वर्षीय दिनेश तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

दाङ, घोराही उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने २४ वर्षीय बिशाल बुढा मगर र सोही उपमहानगरपालिका-१५ दिपशिखा चोक बस्ने २७ वर्षीय भिमसेन थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०८-१८

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ, राप्ती गाउँपालिका-७ बस्ने २९ वर्षीय बेगम बहादुर खत्री र मोरङ, रंगेली नगरपालिका-३ बस्ने भोजपुर घर भएका २१ वर्षीय डम्बर बहादुर रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-१० शान्ति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, विर्तामोड नगरपालिका-३ बिराटपोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३१ वर्षीय सुनिल माझी र ३१ वर्षीय धनन्जय राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दार्चुला, शैल्यशिखर नगरपालिका-२ गोकुलेश्वरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९ सय ७५ ग्राम सहित नौगाड गाउँपालिका-६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ लोकनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय महेश थारू र २४ वर्षीय राज कुमार थारू रहेका छन् । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले महेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उदयपुर, चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित सप्तरी कन्चनरूप नगरपालिका-९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टार समेतबाट खटिएको प्रहरीले रामपुरबाट कन्चनपुरतर्फ जाँदै गरेको प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सौगात चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०८-१७

काठमाडौं, तारकेश्‍वर नगरपालिका-६ जीतपुर फेदी डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-२ घर भएका ४३ वर्षीय कुल बहादुर तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन २ सय २३ ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय FAHIM FARUKBHAI PANAVADHU र २९ वर्षीय MOHAMMED RIZWAN MOHAMMED SHAIKH रहेका छन् । थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित काठमाडौं तारकेश्वर बस्ने नवलपरासी घर भएका ३३ वर्षीय सुरज क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ मंगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय ओम नारायण राजबंशी र २९ वर्षीय मनोज राजबंशी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ४३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब १ सय ९० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय दिनेश पाल र २० वर्षीय भुपेन्द्र विष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-२२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित राप्तीसोनारी गाउँपालिका-७ नन्कौपुर बस्ने २३ वर्षीय कमलेश कुमार गद्दीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-१३ डुडुवा पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने २२ वर्षीय सोम सागर परियार समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ४ सय ९५ ग्राम सहित  २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने २८ वर्षीय अर्जुन राई र धनकुटा सहिदभुमी गाउँपालिका-७ चिम्राहा बस्ने ३६ वर्षीय रोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ना.१ ज ५६२९ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अर्जुन र सुमोमा सवार रोहनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, रामधुनी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ बस्ने ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय मोहमद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलम रहेका छन् । इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०८-१६

काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित न्यू दाङ बर्दिया होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम, नगद ९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ घर भएका २१ वर्षीय भुपेन्द्र कुमार बुढा र तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका २१ वर्षीय मनिष गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उक्त होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु कुलान्त मार्गस्थित नमस्ते नेपाल गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ नीलकण्ठ नगरपालिका-३ घर भएका २४ वर्षीय किशोर मगर, सोही नगरपालिका-७ घर भएका २५ वर्षीय कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिका-३ घर भएका २५ वर्षीय लोकेन्द्र खड्का रहेका छन् । प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकालबारीबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुल सहित सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक भोटेचौर घर भएका ३२ वर्षीय सालिकराम खतिवडालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बारा, निजगढ नगरपालिका-११ तपशैयास्थित जंगलबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका-१९ बस्ने २८ वर्षीय हुसन अंसारी र ४५ वर्षीय अल्यास देवान रहेका छन् । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले ना.५८ प ७७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने २१ वर्षीय मनिस गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, कटहरी गाउँपालिका-४ रिङरोडबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित जहदा गाउँपालिका-७ महादेव टोल बस्ने २० वर्षीय शसी मण्डललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले प्र.१-००२-००४ ह २५४० नम्बरको सिटी सफारीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम र नगद ५ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय पवन कुमार वली र सल्यान शारदा नगरपालिका-१ शान्तिनगर घर भएका २६ वर्षीय सन्तोष बुढाथोकी रहेका छन् । प्रहरी चौकी विजौरीबाट खटिएको प्रहरीले रा.४ प १८७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, सैनामैना नगरपालिका-५ सेरूवा बस्ने सुदन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३८ मिलिग्राम, ३५ हजार ९ सय नेपाली रूपैयाँ र १ हजार २ सय ५० भारतीय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेन्द्र वडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २४ वर्षीय आकाश रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने २ ग्राम २ सय ८० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ कौशलटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित भक्तपुर सानोठिमी बस्ने सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २२ वर्षीय बिष्णु बानियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, भक्तपुर नगरपालिका-८ च्यामासिंहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७९ ट्याब्लेट सहित सोही नगरपालिका-८ लिवाली बस्ने ३२ वर्षीय रबिन सुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब एक सय ४ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०८-१६

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-२ रङ्गपुर टाडी टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४ किलो ३ सय २५ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका-८ धर्केमहाबिर टोल बस्ने ३२ वर्षीय भिम स्याङताङ र मकवानपुरगढी गाउँपालिका-१ आँपटार टोल बस्ने ३८ वर्षीय कुमार स्याङताङ रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले मनवाबाट रङ्गपुरटाडीतर्फ आउँदै गरको बिएबि २३९८ नम्बरको गाडीमा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक भिम र गाडीमा सवार कुमारलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच पक्राउ
२०८२-०८-१६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-४ बस्ने २७ वर्षीय दिपेन्द्र कुमार सार्की रम्तेल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको लु.प्र ००१-००१ ख ०८७९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।पर्सा, वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १० किलोग्राम सहित धोबीनी गाउँपालिका-५ धोबीनी बस्ने ४८ वर्षीय सम्सुल मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलोबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३८ ट्याब्लेट र  स्पास्पेन १ सय ३८ ट्याब्लेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने  २७ वर्षीय दिल कुमार राई र सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय सागर भुजेल रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-१५

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भएका २९ वर्षीय सुदिप तामाङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-१ बोहरा चोक बस्ने २३ वर्षीय सुरज चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।