स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८२-०८-१५
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको भारतीय २ लाख ५० हजार रूपैयाँ सहित भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।