अवैध लागूऔषध सहित पाँच पक्राउ
२०८२-०८-१६
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-४ बस्ने २७ वर्षीय दिपेन्द्र कुमार सार्की रम्तेल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको लु.प्र ००१-००१ ख ०८७९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १० किलोग्राम सहित धोबीनी गाउँपालिका-५ धोबीनी बस्ने ४८ वर्षीय सम्सुल मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलोबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३८ ट्याब्लेट र स्पास्पेन १ सय ३८ ट्याब्लेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय दिल कुमार राई र सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय सागर भुजेल रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।