अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०८-१७
- A
- A-
- A+
काठमाडौं, तारकेश्वर नगरपालिका-६ जीतपुर फेदी डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-२ घर भएका ४३ वर्षीय कुल बहादुर तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन २ सय २३ ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय FAHIM FARUKBHAI PANAVADHU र २९ वर्षीय MOHAMMED RIZWAN MOHAMMED SHAIKH रहेका छन् । थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित काठमाडौं तारकेश्वर बस्ने नवलपरासी घर भएका ३३ वर्षीय सुरज क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ मंगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय ओम नारायण राजबंशी र २९ वर्षीय मनोज राजबंशी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ४३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब १ सय ९० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय दिनेश पाल र २० वर्षीय भुपेन्द्र विष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित राप्तीसोनारी गाउँपालिका-७ नन्कौपुर बस्ने २३ वर्षीय कमलेश कुमार गद्दीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-१३ डुडुवा पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने २२ वर्षीय सोम सागर परियार समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ४ सय ९५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने २८ वर्षीय अर्जुन राई र धनकुटा सहिदभुमी गाउँपालिका-७ चिम्राहा बस्ने ३६ वर्षीय रोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ना.१ ज ५६२९ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अर्जुन र सुमोमा सवार रोहनलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, रामधुनी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ बस्ने ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय मोहमद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलम रहेका छन् । इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।