प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित दुई जना पक्राउ

२०८२-०८-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित नुवाकोट तारकेश्वर गाउँपालिका-४ बस्ने ३५ वर्षीय सन्तोष वस्तीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ५५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-११ हिरापुरबाट अवैध लागूऔषध गाँजा ५२ किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय गंगा बहादुर वाईवालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा.१२ च ४७१० नम्बरको पिकअप गाडीलाई जाँच गर्दा चालक बस्ने सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक गंगा बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-०८-२०

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो सहित मकवानपुर मकवानपुरगढी गाउँपालिका-८ डटखोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०६१२ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२० बरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ५ सय ग्राम सहित सोही उपमहानगरपालिका-२० बस्ने १९ वर्षीय मौसम राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २९ वर्षीय सुजन दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बसडिलवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१ बेलहिया घर भएका २० वर्षीय मुकेस थापा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ स्थित स्वस्तिक होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ किलो ५ सय ग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ छबिसपाथिभेरा गाउँपालिका-७ बस्ने २८ वर्षीय बम बहादुर धामी, ४२ वर्षीय जनक जाग्री, बझाङ सुर्मा गाउँपालिका-३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुला महाकाली नगरपालिका-२ बस्ने ५० वर्षीय रूपसिंह सितोली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ श्रीजना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सनत बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ९ सय ७० मिलिग्राम सहित गुलरीया नगरपालिका-११ लालपुर बस्ने २६ वर्षीय प्रबेश चमार समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले मैनापोखर बजारबाट बाँसगढीतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प ०७४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय मोहमद अकबरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-६ गोलबजार बस्ने २४ वर्षीय आशिष कुमार साहलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले प्रदेश २-०१-००२ प ६२३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय २० मिलिग्राम सहित जलेश्वर नगरपालिका-६ बस्ने २६ वर्षीय बिक्कि कुमार मिश्र समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ३१५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा रामपुर नगरपालिका-८ बस्ने २२ वर्षीय मनिष ठकुरी र कास्की रूपा गाउँपालिका-५ बस्ने २५ वर्षीय रन्जित नेपाली रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०१९१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ मिलिग्राम सहित ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३१ बेगनास नहरचोक बस्ने ३० वर्षीय मिलन क्षेत्री, सोही महानगरपालिका-३० शिसुवा बस्ने सोही महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका २३ वर्षीय हसन भण्डारी, सोही महानगरपालिका-२६ जलधारे बस्ने ४३ वर्षीय बिक्की परियार र सोही महानगरपालिका-२७ शिसुवा बस्ने मादी गाउँपालिका-३ घर भएका ३७ वर्षीय उदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्वत, जलजला गाउँपालिका-३ पानीट्याङकीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ११ किलो ७ सय ५० ग्राम र चरेस जस्तो देखिने पदार्थ २ सय ६० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपुर्ण गाउँपालिका-८ बस्ने ४२ वर्षीय देव बहादुर पुर्जा र ४२ वर्षीय युवराज गर्बजा रहेका छन् । प्रहरी चौकी वारिवेनीबाट खटिएको प्रहरीले म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग.३ च ५१४९ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक देव बहादुर र सहचालक युवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०८-१९

काठमाडौं महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ३९ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही घर भएकी ३५ वर्षीया पुनम कुमारी, काठमाडौं गुहेश्वरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका ३६ वर्षीय मनिष धिताल र काठमाडौं माहांकाल बस्ने मेलम्ची नगरपालिका-५ घर भएका ३७ वर्षीय सुशिल कुईकेल रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फडिन्द्र राज पुरी, सोही उपमहानगरपालिका-१९ सानान्टार बस्ने बकैया गाउँपालिका-७ छतिवन घर भएका ४० वर्षीय सुवास खत्री र सोही उपमहानगरपालिका-११ नवलपुर बस्ने मनहरी गाउँपालिका-५ हाडिखोला घर भएका ३४ वर्षीय विनोद तिवारी रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकि बुट्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-९ बस्ने ३५ वर्षीय बिनोद मर्डीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, गोदावरी नगरपालिका-३ नहर बस्ने २० वर्षीय उत्सव श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-१७ भुवन बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय तेज बहादुर राना मगर र २१ वर्षीय अश्मिन थापा रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-८ गिधनिया बस्ने २९ वर्षीय मनोज बस्नेतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.४ प २३७५ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०८-१८

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ, राप्ती गाउँपालिका-७ बस्ने २९ वर्षीय बेगम बहादुर खत्री र मोरङ, रंगेली नगरपालिका-३ बस्ने भोजपुर घर भएका २१ वर्षीय डम्बर बहादुर रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-१० शान्ति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, विर्तामोड नगरपालिका-३ बिराटपोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३१ वर्षीय सुनिल माझी र ३१ वर्षीय धनन्जय राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दार्चुला, शैल्यशिखर नगरपालिका-२ गोकुलेश्वरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९ सय ७५ ग्राम सहित नौगाड गाउँपालिका-६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ लोकनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय महेश थारू र २४ वर्षीय राज कुमार थारू रहेका छन् । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले महेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उदयपुर, चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित सप्तरी कन्चनरूप नगरपालिका-९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टार समेतबाट खटिएको प्रहरीले रामपुरबाट कन्चनपुरतर्फ जाँदै गरेको प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सौगात चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०८-१७

काठमाडौं, तारकेश्‍वर नगरपालिका-६ जीतपुर फेदी डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-२ घर भएका ४३ वर्षीय कुल बहादुर तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन २ सय २३ ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय FAHIM FARUKBHAI PANAVADHU र २९ वर्षीय MOHAMMED RIZWAN MOHAMMED SHAIKH रहेका छन् । थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित काठमाडौं तारकेश्वर बस्ने नवलपरासी घर भएका ३३ वर्षीय सुरज क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ मंगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय ओम नारायण राजबंशी र २९ वर्षीय मनोज राजबंशी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ४३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब १ सय ९० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय दिनेश पाल र २० वर्षीय भुपेन्द्र विष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-२२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित राप्तीसोनारी गाउँपालिका-७ नन्कौपुर बस्ने २३ वर्षीय कमलेश कुमार गद्दीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-१३ डुडुवा पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने २२ वर्षीय सोम सागर परियार समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ४ सय ९५ ग्राम सहित  २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने २८ वर्षीय अर्जुन राई र धनकुटा सहिदभुमी गाउँपालिका-७ चिम्राहा बस्ने ३६ वर्षीय रोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ना.१ ज ५६२९ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अर्जुन र सुमोमा सवार रोहनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, रामधुनी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ बस्ने ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय मोहमद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलम रहेका छन् । इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०८-१६

काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित न्यू दाङ बर्दिया होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम, नगद ९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ घर भएका २१ वर्षीय भुपेन्द्र कुमार बुढा र तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका २१ वर्षीय मनिष गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उक्त होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु कुलान्त मार्गस्थित नमस्ते नेपाल गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ नीलकण्ठ नगरपालिका-३ घर भएका २४ वर्षीय किशोर मगर, सोही नगरपालिका-७ घर भएका २५ वर्षीय कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिका-३ घर भएका २५ वर्षीय लोकेन्द्र खड्का रहेका छन् । प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकालबारीबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुल सहित सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक भोटेचौर घर भएका ३२ वर्षीय सालिकराम खतिवडालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बारा, निजगढ नगरपालिका-११ तपशैयास्थित जंगलबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका-१९ बस्ने २८ वर्षीय हुसन अंसारी र ४५ वर्षीय अल्यास देवान रहेका छन् । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले ना.५८ प ७७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने २१ वर्षीय मनिस गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, कटहरी गाउँपालिका-४ रिङरोडबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित जहदा गाउँपालिका-७ महादेव टोल बस्ने २० वर्षीय शसी मण्डललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले प्र.१-००२-००४ ह २५४० नम्बरको सिटी सफारीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम र नगद ५ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय पवन कुमार वली र सल्यान शारदा नगरपालिका-१ शान्तिनगर घर भएका २६ वर्षीय सन्तोष बुढाथोकी रहेका छन् । प्रहरी चौकी विजौरीबाट खटिएको प्रहरीले रा.४ प १८७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, सैनामैना नगरपालिका-५ सेरूवा बस्ने सुदन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३८ मिलिग्राम, ३५ हजार ९ सय नेपाली रूपैयाँ र १ हजार २ सय ५० भारतीय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेन्द्र वडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २४ वर्षीय आकाश रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने २ ग्राम २ सय ८० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ कौशलटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित भक्तपुर सानोठिमी बस्ने सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २२ वर्षीय बिष्णु बानियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, भक्तपुर नगरपालिका-८ च्यामासिंहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७९ ट्याब्लेट सहित सोही नगरपालिका-८ लिवाली बस्ने ३२ वर्षीय रबिन सुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब एक सय ४ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०८-१६

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-२ रङ्गपुर टाडी टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४ किलो ३ सय २५ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका-८ धर्केमहाबिर टोल बस्ने ३२ वर्षीय भिम स्याङताङ र मकवानपुरगढी गाउँपालिका-१ आँपटार टोल बस्ने ३८ वर्षीय कुमार स्याङताङ रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले मनवाबाट रङ्गपुरटाडीतर्फ आउँदै गरको बिएबि २३९८ नम्बरको गाडीमा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक भिम र गाडीमा सवार कुमारलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।