स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८२-०८-२२
- A
- A-
- A+
सर्लाही, ब्रह्मपुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको नगद १२ लाख २९ हजार रूपैयाँ सहित भारत बिहार सितामढी ग्राम पंचायत सोनवर्सा-२ बस्ने २९ वर्षीय धर्मेन्द्र महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ३२८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।