जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८२-०८-२७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित होटलबाट जुवातास खेलिरहेको अवस्थामा ललितपुर महालक्ष्मी नगरपालिका-६ टिकाथाली बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-६ घर भएका ३८ वर्षीय जनक कार्की समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ८ सय ५५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।