प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

२०८२-०९-०२

  • A
  • A-
  • A+
Share

  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१ निलोगेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८० एम्पुल, बुप्रेनोर्फिन ८० एम्पुल र फेनारगन ७७ एम्पुल सहित सोही नगरपालिका-२ कालिकाटोल बस्ने ३५ वर्षीय सलिम मिया कुरेसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.५४ प ८२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

चितवन, कालिका नगरपालिका-७ बस्ने ६८ वर्षीय खडक बहादुर गुरूङलाई अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-२६ बिशाल चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय सुबास विकलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६३ एम्पुल, डाईजेपाम ६३ एम्पुल र फेनारगन ६३ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २० वर्षीय बिशाल विकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सुरेन्द्र थ्यायतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय करन नेपालीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

भक्तपुर, सूर्यविनायक नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर पाण्डुबजार बस्ने दोलखा जिरी नगरपालिका-६ घर भएका २८ वर्षीय सन्दीप बुढाथोकी, काठमाडौं जडीबुटी बस्ने सिराहा नगरपालिका-२० घर भएका २३ वर्षीय पंकज कुमार यादव र भक्तपुर सूर्यविनायक नगरपालिका-६ घलाते बस्ने ३२ वर्षीय रविन सुवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३३ वर्षीय राम बहादुर गोलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०४५१ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनकुटा, महालक्ष्मी नगरपालिका-८ चित्रे सिमानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छथर जोरपाटी गाउँपालिका-६ कोपी चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङ र तेह्रथुम लालीगुराँस नगरपालिका-२ हुलाक टोल बस्ने ३१ वर्षीय तुलसी पौडेल  रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० अरूणखोला बजारबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन ४० एम्पुल, डाईजेपाम ४१ एम्पुल, फेनारगन ४ एम्पुल र नगद ४ हजार ५ सय २५ रूपैयाँ सहित धादिङ ज्वालामूखी गाउँपालिका-५ बस्ने २७ वर्षीय सागर अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-११-२०

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ३० मिलिग्राम र नगद २० हजार ४ सय ९५ रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने सुनसरी घर भएका ३३ वर्षीय सुनिल थापा, ३३ वर्षीय आशिष पाण्डे, ललितपुर इमाडोल बस्ने २१ वर्षीय राशि गौतम र काठमाडौं नक्साल बस्ने २१ वर्षीय युनिक पोखरेल रहेका छन् । प्रहरी वृत्त ठिमी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित दुई जना पक्राउ
२०८२-११-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३२ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भिमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार स्कुटरमा सवार १ जनाको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट तीन जना पक्राउ
२०८२-११-१८

झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम सहित कमल गाउँपालिका-४ साधु टोल बस्ने ३३ वर्षीय राजेश नेम्वाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले टटुवामारीबाट बाहुनटोलतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-११-१७

काठमाडौं महानगरपालिका-१४ कलंकी खसिबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्पेन १ सय ट्याब्लेट, प्रिग्याब्लिन २ सय ट्याब्लेट र टापेन्टाडोल ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नैकाप बस्ने महोत्तरी घर भएका २८ वर्षीय रूपेश कुमार राउत र रौतहट चन्द्रपुर घर भएका २२ वर्षीय दानिस मगर रहेका छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा.६० प २४०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-२ भासीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय बाल चन्द्र धामी र भिमदत्त नगरपालिका-४ बस्ने २१ वर्षीय अभिषेक चन्द रहेका छन् । अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी  कञ्चनपुर, बेलौरी नगरपालिका-८ खजुवा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय १० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-२ वाणी बस्ने २६ वर्षीय दिपक भट्ट समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले सु.प.प्र. ०१-०१० प ७८८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, थाहा नगरपालिका-२ अंगारेबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १२ ट्याब्लेट, स्पाईन ३० ट्याब्लेट, ट्रामाडोल ३० ट्याब्लेट, स्ट्यागन १० ट्याब्लेट र नगद ३३ हजार १ सय ९० रूपैयाँ सहित थाहा नगरपालिका-२ ईन्द्रायणीबस्ती देउलाटोल बस्ने २५ वर्षीय सागर देउलालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बा.३१ प ३३३४ नम्बरको मोटरसाइकल चालक देउलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित गौरीगंगा नगरपालिका-९ बल्मी बस्ने ३२ वर्षीय सञ्जय चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, बलान बिहुल गाउँपालिका-२ दिगिया बस्ने ४५ वर्षीय किशुन देव यादव समेत २ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५८ किलो ८ सय ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले किशुनको निर्माणाधिन घरबाट उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।