प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०८२-०९-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, सिन्धुली गोलञ्जोर गाउँपालिका-५ ताप्केडाँडा घर भएका २५ वर्षीय सुनिल भन्ने केशवराज हायुको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ कोटगाउँ घर भएका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारी रहेका छन् । 

ललितपुर महालक्ष्मी नगरपालिका-८ शेराफाँट लुभुस्थित तरकारी बारीमा रहेको ईनारमा केशवराजको शव बुधबार फेला परेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न देवराजलाई जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा शुक्रबार र जयरामलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा आइतबार पक्राउ गरेको हो । साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले भोजपुर अरूण गाउँपालिका-३ बस्ने २१ वर्षीय पारूहाङ राईको गत मंसिर २५ गते हत्या गरी शव भक्तपुर सूर्यविनायक नगरपालिका-७ देउराली भञ्याङको झाडीमा फालेको समेत खुल्न आएको छ । 

उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।