प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ

२०८२-०९-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी काठमाडौं महानगरपालिका-२२ झोछे बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१५ थसिखेल घर भएका २३ वर्षीय समन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोशाक समेत लगाई प्राप्त नगरेको ओहदाको परिचय देखाई फाईदा लिन खोज्ने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । 

उनलाई सरकारी छाप तथा लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।