प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०९-१४

  • A
  • A-
  • A+
Share

सुनसरी, इटहरी उपमहानगरपालिका-९ विपि चोक डेरा गरी बस्ने भोजपुर घर भएकी ५६ वर्षीया पविमाया वयलकोटीको हत्या गरेको अभियोगमा उनकै ज्वाँई सोही उपमहानगरपालिका-९ म्याजिक स्टेन डेरा गरी बस्ने मोरङ घर भएका ४० वर्षीय गणेश शाह गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

आपसी वादविवादको क्रममा गणेशले पानी तान्ने ट्युववेलको हेण्डिल प्रहार गर्दा गम्भीर घाइते भएकी पविमायाको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।