प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित तीन जना पक्राउ

२०८२-०९-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, १५ पुस  

नागार्जुन नगरपालिका-४ बाफलबाट पेस्तोल २ थान, म्याग्जिन ३ थान र गोली २ राउण्ड सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकाश शाही, मोरड लेटाङ नगरपालिका-४ घर भएका २२ वर्षीय शाहिल तिवारी र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।