प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न पाँच जना पक्राउ

२०८२-०९-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई जुवा खेल्ने/खलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भएका ६५ वर्षीय पशुपति खड्का, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ घर भएका ४६ वर्षीय दयाराम राना, काठमाडौं महानगरपालिका-६ रामनगर बौद्ध बस्ने ५३ वर्षीय भरतराज पौडेल, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने दोलखा मेलुङ गाउँपालिका-२ घर भएका ४० वर्षीय सन्तोष भण्डारी र काठमाडौं महानगरपालिका-४ बसुन्धारा बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-७ घर भएका २४ वर्षीय गणेश बहादुर मगर रहेका छन् । 

बुढानिलकण्ठ नगरपालिका-१ तौलुङस्थित गरूड क्यासिनो भित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई गैरकानुनी रूपमा ठूलो रकमको हारजित हुने गरी जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर जुवा खेल्ने/खेलाउने नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।