प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

२०८२-०९-१८

  • A
  • A-
  • A+
Share

नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१३ बस्ने ३३ वर्षीय साकार क्षेत्री र रूपन्देही बुटवल उपमहानगरपालिका-९ ईटाभट्टी बस्ने २० वर्षीय उत्सव श्रेष्ठ रहेका छन् । 

इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले ना.२३ प ५७६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०९-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित धनकुटा चौबीसे गाउँपालिका-३ बस्ने २८ वर्षीय मान बहादुर लिम्बुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ७८२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगर डेरा गरी बस्ने सोही उपमहानगरपालिका-७ दिपनगर घर भएका ३२ वर्षीय सागर उपाध्यायलाई अवैध लागूऔषध गाँजा ७ किलो, तराजु १ थान र नगद १० हजार रूपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-०९-२२

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुस्थित दिप सागर होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय महेन्द्र तामाङ र काठमाडौं टोखा नगरपालिका-९ दिपज्योती बस्ने बागलुङ ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-८ स्थित कञ्चनजंगा होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ८० मिलिग्राम र नगद ३३ हजार रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ बस्ने २६ वर्षीय सुरज कुमाल, ३१ वर्षीय कृष्ण बहादुर श्रेष्ठ र मोरङ मिक्लाजुङ गाउँपालिका-३ बस्ने १९ वर्षीया मनिका राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १० किलो ३ सय ९३ ग्राम र जंगली जनावरको सिंङ्ग जस्तो देखिने वस्तु २ थान सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बनगाउँ बस्ने रूकुम पुर्व घर भएका ३४ वर्षीया दिनमाया पुन, ३९ वर्षीय दिपक पुन, सोही उपमहानगरपालिका-१३ चौतारी टोल डेरा गरी बस्ने रूकुम पुर्व घर भएकी २९ वर्षीया रूपा बुढामगर र रूकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका-१ घर भएका ३० वर्षीय हासी पुनमगर रहेका छन् । वडा प्रहरी कार्यालय घोराही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिघेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय २० ट्याब्लेट र स्पास्पेन ५ सय ७० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-६ बस्ने ३३ वर्षीय सुनिल चौधरी, २५ वर्षीय सुजन राई र बराहक्षेत्र नगरपालिका-४ बस्ने २५ वर्षीय राजु लिम्बु रहेका छन् । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले ईटहरीबाट कालाबन्जारतर्फ आउँदै गरेको को.१९ प १७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका -५ बस्ने २४ वर्षीय किसन घतानी र ३० वर्षीय दर्लामी मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले को.२ ह ५५८७ नम्बरको अटो तलासी गरदा उक्त पदार्थ फेला पारी चालक दर्लामी र अटोमा सवार किसनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रूपन्देही, मायादेवी गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय दिपेन्द्र चाई र लुम्बिनी साँस्कृतिक नगरपालिका-३ बस्ने २३ वर्षीय समिम खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले दिपेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ सिडिओ टोल बस्ने २२ वर्षीय अभिषेक यादव, धनगढीमाई नगरपालिका-८ चियावारी बस्ने २४ वर्षीय नवराज शर्मा र सिन्धुली कमलामाई नगरपालिका-९ बस्ने ३९ वर्षीय प्रभात देवकोटा रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालीका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३०  मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय राज कुमार रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ राजिपुर बस्ने २२ वर्षीय बिबेक बराल र कन्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने १९ वर्षीय नबिन सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय श्याम बम र टिकापुर नगरपालिका-२ नयाँबस्ती बस्ने २४ वर्षीय निखिल शाह रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय किसनलाल गुप्तालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०९-२१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ किलो ५ सय ३० ग्राम सहित भारतीय नागरिक ३३ वर्षीय PADALA भन्ने VEERA VENKATA SUBRAMANYAM गए राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो । साथै उक्त लागूऔषध रिसिभ गर्न आएका भारतीय नागरिक ABDUL RAHUF र YASIN ABDULLA लाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ । कैलाली, गौरीगंगा नगरपालिका-८ बढैपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय इन्द्र सिंह धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया र  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ सुनाखरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय धिरज गुरुङ र सोही ठाउँ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-२ घर भएका २५ वर्षीय सन्दिप लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय २४ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर तामाङ र ३१ वर्षीय हिरालाल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१ प ७८५९, लु.२६प ६६९२ र ना. ५५प ७२३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार ना.६१प ७८५९ नम्बरको मोटरसाइकलामा सवार २ जनाको खोजी गरिरहेको छ । दाङ, घोराही उपमहानगरपालिका-१७ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय लक्ष्मण नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-६ डिहिकोपाटनबाट नियन्त्रित लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, नोर्फिन २५ एम्पुल र  नगद २६ हजार ४ सय १० रूपैयाँ सहित सोही ठाउँ बस्ने रामेछाप घर भएका ३६ वर्षीय चन्द्र बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गेरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०९-२०

रूपन्देही, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ किलोग्राम सहित भारत घर भएका ३६ वर्षीय RASHID VATTIYAN आइतबार दिउँसो पक्राउ परेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले एयर एशियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, मिक्लाजुङ गाउँपालिका-६ शान्ति टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय मिलन कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०९-२०

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु शिवमन्दिर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका-५ घर भएका २० वर्षीय श्रीकृष्ण तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ५० मिलिग्राम र नगद ८९ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने  कालिकोट रास्कोट नगरपालिका-५ घर भएका २३ वर्षीय मुकेश बम र उनकी श्रीमती २० वर्षीया कृपा तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बाँके, खजुरा गाउँपालिका-७ गुनाहाना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४७ वर्षीय समि उल्ला भाटललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ भिमेश्वर टोल बस्ने २५ वर्षीय सचिन गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने वस्तु १ किलो ४ सय १० ग्राम, नगद ७५ हजार २ सय २५ रूपैयाँ र डिजिटल तराजु १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-७ सोमाइ टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ९४ मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराजगन्ज टुटिबारी बस्ने २० वर्षीय राज रौनियार, ४२ वर्षीय राम अक्ष रौनियार र ४५ वर्षीय राजिब भन्ने राजु चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा ‍समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको यूपि ५६ बिसि ७१९६, यूपी ५६ बिएफ ५७१० र यूपि ५६ बिसि ३८५५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर,  भीमदत्त नगरपाललिका-३ भाँषी स्थित रेष्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका-१ चम्फापुर बस्ने ३२ वर्षीय धिरेन्द्र खत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।