बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०९-१९
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने झापा घर भएका ४६ वर्षीय नविन रिजाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार काठमाडौं पठाइएको छ ।