अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०९-१९
- A
- A-
- A+
झापा, झापा गाउँपालिका-५ बिरिङ्पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बस्ने २६ वर्षीय सचिन श्रेष्ठ समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१२ प ५२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुली, दुधौली नगरपालिका-९ लखिमा चोकबाट अवैध लागूऔषध गाँजा २ किलो ७ सय ९० ग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय बद्री खत्री र ६० वर्षीय बिष्णु बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले बद्रीको किराना पसलबाट १ किलो ४ सय ६० ग्राम र बिष्णुको घरबाट १ किलो ३ सय ३० ग्राम गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१७ डेरी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २३ वर्षीय तान बहादुर थापालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले ग.५ प २०५७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा भरतपुर महानगरपालिका-९ बसन्त चोक बस्ने २५ वर्षीय अन्जान राना समेत लागूऔषध बेचबिखनमा संलग्न रहेको भन्ने खुल्न आएपश्चात उनको कोठा तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पर्दाथ ९ सय ६० मिलिग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-८ युक्ती खोला नजिकबाट अवैध लागूऔषध गाँजा ६६ किलो १० ग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-८ क्याङराङ बस्ने ४१ वर्षीय मनिक लाल प्रजा, १९ वर्षीय दिपक प्रजा र १९ वर्षीय सागर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
दार्चुला, मालिकार्जुन गाउँपालिका-७ सेल्प्याबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ९ सय १७ ग्राम, १० हजार भारतीय रूपैयाँ र १ हजार ३ सय ५० नेपाली रूपैयाँ सहित सोही गाउँपालिका-७ डिङ्सी बस्ने ३० वर्षीय महेन्द्र सिह धामी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोलजीबीबाट खटिएको प्रहरीले डिङ्सीबाट उकुतर्फ जाँदै गरेको से.७ प ५३९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरापालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय बिज्ञान बस्नेतलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध डाईजेपाम १८ एम्पुल सहित सोही ठाउँ बस्ने ४५ वर्षीय सानु सुनुवारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट र स्पास्मो ४ सय ५० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१० बस्ने २१ वर्षीय युवराज कार्कीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.०१-०२-०४१प ५३०४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-१ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ९५ एम्पुल, डाईजेपाम ९५ एम्पुल र फेनारगन ९५ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३० गगनगौडा बस्ने ४२ वर्षीय राजेश गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले बर्दघाटबाट पोखरातर्फ जाँदै गरेको ना. २३ प ९२५७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-५ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७३ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका-५ लठहवा बस्ने २० वर्षीय रन्जित डाँगी र घोराही उपमहानगरपालिका-१२ सर्रा बस्ने २३ वर्षीय सन्दिप पाहाडी रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पिपिरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला तातापानी गाउँपालिका-७ बस्ने १९ वर्षीय बिरेन्द्र रावत र तिलागुफा गाउँपालिका-८ बस्ने २० वर्षीय तुलराज नेपाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।