अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०९-२०
- A
- A-
- A+
रूपन्देही, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ किलोग्राम सहित भारत घर भएका ३६ वर्षीय RASHID VATTIYAN आइतबार दिउँसो पक्राउ परेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले एयर एशियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, मिक्लाजुङ गाउँपालिका-६ शान्ति टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय मिलन कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।